Logo

मन्त्री परिषदको निर्णय, ७ विधेयक संसदमा पेश गरिने

मन्त्री परिषदको निर्णय, ७ विधेयक संसदमा पेश गरिने



काठमाडौं । सरकारले विभिन्न विषयका ७ विधेयक संघीय ससंदमा पेश गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्यौट विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन ।

बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL