काठमाडौं । कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद उनलाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नियुक्त गरेका हुन ।
केहिदिन अघि विवादमा आएका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएपछि नयाँ कानुनमन्त्रीमा ढकाल नियुक्त भएका हुन ।
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि राजिनामा दिएका थिए ।
साथै राज्यमन्त्री पद्मा अर्यालको भने मन्त्रीमा बढुवा भएको छ । सरकारले उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
साथै स्रोतले डा. सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको बताएको छ ।