काठमाडौं । धावनमार्गको पिच उप्किएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आई पुन बन्द भएको छ ।
नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको पीच उप्किएपछि जहाजहरु आकाशमै होल्ड हुनुपरेको थियो ।
धावनमार्गको बेसीक मेन्टेन गरि जहाजहरु अवतरण गराइएर पुन मर्मतका लागि विमानस्थल बन्द गराइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
विहान करिव साढे ११ बजेतिर पीच उप्कीएपछि जहाजहरु लगभग आधा घण्टा आकाशमै होल्ड गरिएको थियो । साथै केहि मात्रामा धावनमार्गको मर्मत गरी आकाशमै होल्ड गरिएका जहाजहरु अवतरण गराइएको र पुन धावनमार्ग बन्द गरिएको हो ।
उक्त धावनमार्ग मर्मत गरि संचालनमा ल्याउन केहि समय लाग्ने प्रवक्ता ठाकुरले जानकारी दिए ।
पिच उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।