Logo

केएल मोबाइलको मोबाईल मेला शनिबारदेखि, एक्सचेञ्जसँगै शुन्य डाउनपेमेन्टमा मोबाईल

केएल मोबाइलको मोबाईल मेला शनिबारदेखि, एक्सचेञ्जसँगै शुन्य डाउनपेमेन्टमा मोबाईल



काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबले आफ्नो बार्षिकोत्सवको अवसरमा मोबाइल मेला संचालन गर्ने भएको छ ।

उक्त मेलामा कम्पनीले विभिन्न ब्रान्डका फोनहरु जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत व्याजदरयुक्त किस्ताबन्दीमा मोबाईल उपलब्ध गराउने भएको छ । साउन १९ गतेदेखि सुरु हुने उक्त मेला १ हप्ता चल्ने कम्पनीले जानकारी दिएको छ ।

मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ ।

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने मोबाइल हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए ।

उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । यसका साथै उक्त मेलामा विभिन्न ब्रान्डका मोबाईलहरु शुन्य डाउनपेमेन्टमा खरिद गर्न पनि सकिने छ ।

साथै मेला अवधिभर विभिन्न गीफ्ट ह्याम्परका साथै हरेक दिन एक जना लक्की ड्र विजेतालाई एक मोबाईल प्रदान गरिने मोबाईल हबका प्रबन्धक उप्रेतीले बताए । उक्त सेवाको लागि ग्राहकहरुले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र तथा आम्दानीको स्रोत खुल्ने कागजात आवस्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL