काठमाडौं । यातायात व्यवस्था विभागको महानिर्र्देशकमा लावण्ड्यकुमार ढकाल आएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई हटाएसँगै खाली रहेको महानिर्देशक पदमा ढकाल आएका हुन् ।
यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटाउन लाग्दा मन्त्रीबाट हटाइएका भट्टराईको ठाउँमा पुनः सिण्डिकेट हटाउने वाचासहित ढकाल आएका हुन् । ढकालले यही सोमबारदेखि महानिर्देशकको पद बहाली गरेका छन् ।
विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई २ महनिा अघि मन्त्रीले हटाएसँगै सो पद खाली थियो । ढकाल यसभन्दा अघि प्रदेश नं २ को प्रदेश प्रमुखको रुपमा कार्यरत थिए ।
यातायात क्षेत्रलाई अझ सवल तथा सुदृढ बनाउँदै लैजाने योजना अनुरुप विभागको महानिर्देशकको पद सम्हालेको उनको दाबी छ । साथै तत्कालिन महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानिएपछि यातायातमा पुनः सिन्डिकेट फर्किने डरमा रहेका जनतालाई आस्वस्त पार्ने गरी काम अघि बढाउने समेत उनको भनाई थियो । ‘सिन्डिकेट खारेज भईसकेको विषय हो, यसलाई निर्मुल पार्न अझ सुदृढ रुपमा कारबाही अघि बढाउने तथा जनतलाई महसुस हुनेगरी कार्यन्वयनमा ल्याउने छु,’ उनले भने ।
उनका अनुसार समितिमा दर्ता भएका सबै सवारीसाधनलाई मङ्सिर मसान्त देखि संचालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाईने छ । यातायात क्षेत्रको सुधार गर्न रुपनारायण भट्टराईले सुरुवात गरेको रुट अध्ययनलाई पनि निरन्तरता दिने उनले बताएका छन ।
मङ्सिर मसान्तपछि नेपाल भरका सम्पूर्ण सडकको अध्ययन अनुसार सवारी संचालन गर्ने पनि उनले बताए । साथै उनले हाल सवारी लाईसेन्स लिनका लागि ६÷७ महिना कुर्नुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताए । सो कार्यका लागि दैनिक २४ घण्टा काम गरेर ९ हजारसम्म कार्ड छपाई भइरहेको समेत उनले जानकारी दिए ।