Logo

बेहुला बेहुली सजाउनेबीच प्रतिस्पर्धा, सौन्दर्य सैलुन बन्यो ब्राइडल मेकअपको बिजेता

बेहुला बेहुली सजाउनेबीच प्रतिस्पर्धा, सौन्दर्य सैलुन बन्यो ब्राइडल मेकअपको बिजेता



काठमाडौं ।सौन्दर्य जेन्ट्स एन्ड लेडिज सैलुन राष्ट्रिय ब्राइडल मेकअप प्रतिस्पर्धा ‘२०१८’ को बिजेता बन्न सफल भएको छ । काठमाडौमा मंगलबार सम्पन्न  प्रतिस्पर्धा  २४ प्रतिस्पर्धिलाई उछिन्दै उक्त संस्था बिजेता भएको हो ।

काठमाडौं र नवलपरासीमा शाखा रहेको उक्त संस्थाकी संचालक लक्ष्मी पोखरेलले उक्त प्रतिस्पर्धाको ताज पहिरेकी हुन । उक्त संस्थाले विगत १५ बर्षदेखि सौन्दर्य सम्बन्धि सेवा प्रदान गर्दै आएको छ ।

पहिले नवलपरासीको गैँडाकोटमा आकृति स्विकृती ब्युटी पार्लरका नामले सेवा दिँदै आएको उक्त संस्थाले काठमाडौँमा भने यही बैशाखदेखि सेवा सुरु गरेको हो ।

नयाँ बानेश्वर शंखमुलमा रहेको उक्त संस्थाका अर्का संचालक सरोज ढकालका अनुसार संस्थाले छिट्टै नेपालका अन्य स्थानमा पनि शाखा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL