काठमाडौं । नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजना मार्फत सहयोग उपलब्ध गराउने भएको छ ।
मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टरनेशनल एक्सचेन्जबीच आइतबार साँझ सम्झौतापत्रमा हस्ताक्षर भएको परिषद्ले आज जानकारी दिएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तरराष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।
सो अवसरमा मन्त्री थापाले उक्त सम्झौताबाट दुबै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको सदियांै पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन ।
यसैबीच चीन सरकारले काठमाडौँ महानगरपालिकालाई सडक सफा गर्न २ वटा ग्लुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले बताएकी छिन ।