Logo

संस्थान निर्देशन बोर्ड खारेज, भट्टराईले स्थापना गरेको ओलीले फाल्दिए

संस्थान निर्देशन बोर्ड खारेज, भट्टराईले स्थापना गरेको ओलीले फाल्दिए



काठमाडौं । सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज गरेको छ । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्राईको पालामा संस्थान सुधारका लागि गठन गरिएको सो बोर्ड मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

तत्कालिन सरकारले सार्वजनिक संस्थानमा प्रतिस्पर्धाका आधारमा कार्यकारी प्रमुख नियुक्तिका लागि यो बोर्ड गठन गरिएपनि प्रभावकारी हुन नसक्दा सरकारले उक्त बोर्ड नै खारेज गर्ने निर्णय गरेको हो ।

उक्त बोर्ड गठन गरेर त्यसको अध्यक्षमा पूर्व सचिव विमल वाग्लेलाई नियुक्त गरिएको थियो । तर उनी सो बोर्डबाट कार्यकाल सकिएर हटेसँगै हालसम्म निष्कृय अवस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL