Logo

मन्त्रिपरिषदको बैंठक पेपरलेस, ई–गभर्नेन्स कहिले ?

मन्त्रिपरिषदको बैंठक पेपरलेस, ई–गभर्नेन्स कहिले ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैंठकलाई पेपर लेस (कागज बिहीन) बनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पूर्व घोषित उद्घोष अनुसार बिहीबारदेखि मन्त्रिपरिषदको बैठकलाई कागज बिहीन बनाएका हुन् । बिहीबार भएको मन्त्रिपषिद्को बैठकमा सबै मन्त्रीहरुले ल्यापट लिएर बसेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि ल्यापटप चलाउन नजान्ने, प्रविधिमा घुलमिल हुन नसक्ने व्यक्ति मन्त्री हुन नसक्ने भन्दै मन्त्रिपषिदको बैठकलाई पेपरलेस बनाउने उद्घोष गरेका थिए ।

सरकारले ‘आईसीटी नीति २०७२’मार्फत सन् २०२० सम्ममा अन्तरराष्ट्रिय सञ्जाल तयारी (नेटवर्क रिडलाईन्स) तथा विद्युतीय सरकार (ई–गभर्नेन्स) सूचकमा नेपालको स्थान दोस्रो चौथाइमा पुर्याउने लक्ष्य लिएको छ ।

नीतिले सन् २०२० सम्ममै विद्युतीय सरकारको अवधारणा अनुरुप कम्म्तीमा ८० प्रतिशत नागरिक लक्षित सेवाहरु अनलाईन मार्फत प्रदान गर्ने लक्ष्य लिएको छ । सरकारले आजबाट मन्त्रिपरिषदको बैठकलाई पेपरलेस बनाए पनि अन्य सरकारी कामकाजलाई अनलाईन सेवामा कसरी परिणत गर्नेछ भन्ने कुरा हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL