काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच वार्ता सफल भएको छ । पछिल्लो समय करिब २७ दिनदेखि अनसनरत डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले बिहीबार ७ बुँदे सहमति गर्दे गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदबारमा भएको वार्तामा ७ बुँदे सहमति भएको समाचार स्रोतले जानकारी दिएको छ । सहमति पछि मस्यौदालाई औपचारिकता दिने काम भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार ७ बुँदे सहमति तयार भएको हो । उक्त सहमतिसँगै २७ दिनदेखि अनसनरत डा. केसीको अनसन तोडिने भएको छ ।