Logo

गलत अभिव्यक्तीको शिकार बने कानुनमन्त्री, पत्रकार सम्मेलन गर्दै दिए राजीनामा

गलत अभिव्यक्तीको शिकार बने कानुनमन्त्री, पत्रकार सम्मेलन गर्दै दिए राजीनामा



काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन । आज दिउसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन ।

उनले बंगलादेशमा एमविविएस अध्ययन गरिरहेका छात्राहरुको विषयलाई लिएर आपत्तीजनक अभिव्यक्ती दिएका कारण सोमबार बसेको प्रधानमन्त्री लगायत नेकपाका प्रतिनिधीको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार उनले अहिले सवा ३ बजे राजीनामा दिएका हुन । उनले आफु संधै देशको भलाईका लागि लागेको र अझै देशको भलाई नै चाहेकाले देशको र पार्टीको ईज्जतका लागि राजीनामा दिएको बताएका हुन ।

उनले नेपाली छात्राहरुले आफ्नो अध्यापन क्षेत्रलाई अघि बढाउन बंगलादेशमा आफ्नो शरीर बेच्नुपर्ने बाध्यता रहेको भन्ने सुन्नमा आएको बताएपछि उनि विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्