Logo

प्रहरी सहायक निरीक्षक खड्का विरुद्ध मुद्दा दायर, बढुवा प्रायोजनका लागि नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप

प्रहरी सहायक निरीक्षक खड्का विरुद्ध मुद्दा दायर, बढुवा प्रायोजनका लागि नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ चैत,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्यरत प्रहरी सहायक निरीक्षक कर्णबहादुर खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

विहार ईन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९७ मा इन्टरमिडियट पास गरेको भनिएको सो प्रमाणपत्र नक्कली भएको अख्तियारले जानकारी दिएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०१७ को खफा र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ बमोजिम कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL