Logo

पाण्डेलाई जिल्ला अदालतमा पेश, पौने २ बर्ष कैद र साढे ७ लाख विगो दावी

पाण्डेलाई जिल्ला अदालतमा पेश, पौने २ बर्ष कैद र साढे ७ लाख विगो दावी


रामराजा श्रेष्ठ
0
Shares

४ चैत,काठमाडौं । भ्रष्टाचार मुद्दा लागेका उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीविरुद्ध आफ्नो जिम्माको सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचार  गरेको आरोप लागेको थियो ।

पाण्डेलाई मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरे पछी ब्युरोले उनलाई पक्रेको हो ।
पाण्डेलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरिएको थियो ।
व्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई पनि पक्राउ व्युरोले जानकारी दिएको छ ।

उनी विरुद्ध बेरुजु कैद १ बर्ष ९ महिना २७ दिन र सरकारी बेरुजु बिगो रु ७ लाख ४३ हजार ५ सय ५ दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL