Logo

सिदार्थ र प्रभुबीच रेमिट्यान्स सेवा विस्तार सम्झौता, ग्राहकलाई थप सहयोग पुग्ने

सिदार्थ र प्रभुबीच रेमिट्यान्स सेवा विस्तार सम्झौता, ग्राहकलाई थप सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ चैत, काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकले आफ्नो रेमिट्यान्स सेवा विस्तारका लागि प्रभु बैंकसँग सम्झौता गरेको छ । सिदार्थ बैंकले एसडीवीएल ट्रस्ट रेमिटको विस्तारका लागि प्रभु बैंकसँग सो सम्झौता गरेको हो ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचन र सिदार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अघिकृत सुजन सुवेदीले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै प्रभु बैंक लिमिटेडको नेपालभर रहेका १ सय १० शाखा कार्यालय तथा एसडीवीएल ट्रस्ट रेमिटका १ हजारभन्दा बढी ऐजन्टहरु मार्फत रेमिट्यान्स पठाउन तथा भुक्तानी लिन सकिनेछ । सो सम्झौतासँगै रेमिट्यान्स पठाउने तथा लिने ग्राहकलाई थप सुविधा पुग्ने बैंकले जानकारी दिएको छ ।

सिदार्थ डेभलपमेन्ट बैंकले मलेसियाबाट इनवार्ड रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL