काठमाडौं । सकारले भारत र मलेशियाको राजदूत नियुक्तीको लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले दुई देशको राजदूतमा नाम सिफारिस गरेको हो ।
बैंठकले भारतको लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको छ ।
बैठकले दिल्लीस्थित नेपाली दूतावासमा राजदूतविहीन भएकाले लामो समयपछि पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई राजदूत सिफारिस गरेको हो ।
भारतका लागि नेपाली पूर्व राजदुत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि त्यसको ७ महिना पछिमात्र राजदूत नियुक्तीका लागि सिफासिर गरेको हो ।
यसैगरी सरकारले नेपाली कामदारको प्रमुख गन्तव्य मलेशियाका लागि राजदूत सिफारिस गरेको छ । साउदी अरेबियाका लागि एक पटक राजदूत भइसकेको उदयराज पाण्डेलाई सरकारले मलेशियाको राजदूतका लागि सिफारिस गरेको हो ।