काठमाडौं । ३३ किलो सुन प्रकरणका मूख्य आरोपी ‘गोरे’ भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेती पक्राउ परेका छन ।
उनलाई केहिदिन अघि संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरिएको थियो ।
उनीविरुद्ध अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
यसका साथै उनीसहित मुख्य लगानीकर्ता मानिने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध एनसीबी काठमाडौंको सिफारिसमा नोटिस जारी गरिएको हो ।