Logo

गृहको निर्देशन, उपत्यकामा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रिपर चलाउन प्रतिबन्ध

गृहको निर्देशन, उपत्यकामा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रिपर चलाउन प्रतिबन्ध



काठमाडौं । काठमाडौं उपत्यकामा बिहान र दिउँसोको समयमा ट्रिपर चलाउन नपाईने भएको छ । ट्रिपरले ठक्कर दुर्घटना हुने क्रम बढेसँगै काठमाडौं, ललितपुर र भक्तपुरमा ट्रिपर चलाउन प्रविबन्ध लगाइएको हो ।

ट्रिपरबाट सवारी दुर्घटना बढेको भन्दै गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई बिहान र दिउसोको समयमा ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार उक्त तीन जिल्लामा बिहान ५ बजेदेखि राती ८ बजेसम्म ट्रिपर चलाउन पाईने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL