Logo

उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, ३० बर्ष अघि भ्रष्टाचार गरेको आरोप

उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, ३० बर्ष अघि भ्रष्टाचार गरेको आरोप


रामराजा श्रेष्ठ
0
Shares

४ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरे पछी ब्युरोले उनलाई पक्रेको हो ।

पाण्डेलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरिएको थियो । हाल उनी ब्युरोको महाराजगञ्जस्थित कार्यालयमा छन् ।

व्युरोले अदालतबाट कैद जरिवाना सजाय सुनाइएका र फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरी फैसला कार्यान्वयन महानिर्देशनालयलाई बुझाउने अभियानकै क्रममा पाण्डेलाई पनि पक्राउ वयुरोले जानकारी दिएको छ ।३० बर्ष अघि खानेपानी संस्थानको सरकारी कर्मचारी रहदा भ्रष्टाचार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेको थियो ।

भ्रष्टाचार मुद्दामा उनलाई ३ वर्ष कैद, ९ लाख ५० हजार बिगो र जरिवाना तोकिएको थियो । तर तत्कालिन राजा समक्ष श्रीमती उर्मिला पाण्डेले बिन्तिपत्र दिएपछि हुकुम प्रमाङ्गीबाट जरिवाना मिनाहा र ४२ सालमै राजाबाट सम्पूर्ण कैदसमेत मिनाहा भएको थियो ।
सर्वोच्च अदालतको फैसलामा ०४९र५० सालमा काठमाडौँ जिल्ला अदालतमा लगतमा २०४२र८र५को मिति राखेर कैफियत प्रमाणित गर्न सर्वथा असम्भव देखिएको उल्लेख गरिएको छ ।

‘साथै २०४२र८र५ मा नै हुकुम प्रमाङ्गी भई माफी मिनाहा भई लगत कट्टा गरिएको भए ०४९र५० सालसम्मको लगतमा बाँकी जनाई सारिरहनु पर्ने अवस्था पनि पर्दैन’ फैसलामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL