Logo

५२ फर्मको कारोबार रोक्दै आन्तरिक राजस्व, कस्ता कम्पनी परे कारबाहीमा

५२ फर्मको कारोबार रोक्दै आन्तरिक राजस्व, कस्ता कम्पनी परे कारबाहीमा



काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोबार रोक्का गर्ने भएको छ ।

राजस्वले ५ वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोबार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले जानकारी दिएका छन । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायिको नाम सार्वजनिक गरेको थियो ।

करिब ५ बर्ष देखि १८ वर्षसम्म पनि सम्पर्कमा नआएको फामको कारोबार रोक्का गर्न लागेको पङज्ञानीले जानकारी दिए । फार्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्का लगायतका काम गर्न लागिएको छ ।

कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका ७ हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन । चालू आवमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ ।

आन्तरिक राजस्व कार्यालयले चालू आबको जेठमा मात्र २ अर्ब ७९ करोड ६१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई २ अर्ब १८ करोड ७२ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा ६० करोड ८८ लाख ८३ हजार रुपैयाँ बढी राजसव संकलन गरेको छ ।

कार्यालयले चालू आबको जेठ मसान्त सम्ममा १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ मसान्त सम्ममा १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिले सम्म लक्ष्य भन्दा २ अर्ब १२ करोड ८६ लाख ४३ हजार रुपैयाँ बढी राजस्व संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL