काठमाडौं । नेपालगञ्ज रंगशाला निर्माणको कामले तिब्रता पाएको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।
त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ, भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताएका छन ।
त्यसैगरी, रंगशालामा झण्डै १८ करोड रुपैयाँको लागतमा पौडी पोखरी र २४ करोड रुपैयाँको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ ।
क्षेत्रीय अध्यक्ष ओलीका अनुसार, पूर्वाधार निर्माण अन्तरर्गत रंगशालामा ७ करोड रुपैयाँको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगञ्जमा आयोजना हुने बताएको छ ।