Logo

पश्चिम सेती आयोजना तत्काल अगाडि बढाउन निर्देशन,१ महिना भित्र निकासको सुझाव गर्न समितिको आदेश

पश्चिम सेती आयोजना तत्काल अगाडि बढाउन निर्देशन,१ महिना भित्र निकासको सुझाव गर्न समितिको आदेश


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता
३ चैत, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जल स्रोत समितिले पश्चिम सेती आयोजना तत्काल अगाडि बढाउन निर्देशन दिएको छ । मंगलवार बसेको समितिको बैठकले पश्चिम सेती आयोजना निर्माणमा विलम्ब नगर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले लगानी बोर्डलाई मन्त्रालयसँग समन्वय गरि १ महिना भित्र निकासको प्रष्ट सुझाव सहित पेस गर्न निर्देशन दिएको छ ।

यसअघि समितिले उर्जा मन्त्रालय र लगानी बोर्डलाइ समन्वय गरेर काम गर्न निर्देशन दिएको थियो। बैठकमा सभासद्हरुले तत्कालीन अवस्थामा भएको समझदारीपत्र परिवर्तित समयअनुसार संशोधन गर्नुपर्ने बताए । साथै आयोजनामा २५ प्रतिशत लगानी सरकारले गर्नुपर्ने सर्त मान्न नहुने धारणा व्यक्त गरेका थिए ।

सभासदहरुले सुदूर पश्चिमाञ्चलका जनताका विकासका आकाङ्क्षा पूरा गर्न उक्त आयोजना चाँडो निर्माणको प्रक्रियामा अघि लैजान आग्रह गरे । समितिले जलाशाययुक्त ७ सय५० मेगावाटको आयोजना अगाडि बढाउनका लागि लगानीकर्तासँग वार्ता गर्न समेत लगानी बोर्डलाई निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL