Logo

५० मिटर लामो पहिरोले मुग्लिन सडकमा सवारी आवतजावत ठप्प, बेलुका ४ बजे मात्रै खुल्ने

५० मिटर लामो पहिरोले मुग्लिन सडकमा सवारी आवतजावत ठप्प, बेलुका ४ बजे मात्रै खुल्ने



काठमाडौं । आज बिहान गएको लामो पहिरोको कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ को चार किलो र पाँच किलोको बीचको टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज विहान साढे ५ बजेतिर गएको पहिरोको कारण उक्त सडकखण्डमा आवतजावत गर्ने सवारी हरु चलाउन रोक लगाइएको छ ।

मुग्लिन नारायणगढ सडकखण्डका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालका अनुसार हाल ४ ओटा बुलडोजरले पहिरो पन्छाउने काम गरिरहेका छन । लगभग १२ बजेतिर वान वे रोड खुलाएर बीचमा अड्केका सवारीलाई छोड्ने र अन्य सवारीलाई रोक लगाईने समेत उनले जानकारी दिए । ‘सडकको दुवैतर्फ खोल्नको लागि बेलुका ४ बजेसम्मको समय लाग्ने छ,’ उनले भने, ‘तबसम्म उक्त सडक खण्डमा चल्ने सवारीलाई रोक लगाईनेछ ।’

निरन्तर बर्षाका कारण सडकमा पहिरो खसिरहेको छ । लगभग ५० मिटर लामो उक्त पहिरो अझै खस्नेक्रम जारी रहेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL