Logo

कलबाईपासमा संलग्न एक भारतीय पक्राउ, २२ हजार थान सिमकाड बरामद

कलबाईपासमा संलग्न एक भारतीय पक्राउ, २२ हजार थान सिमकाड बरामद



काठमाडौं । प्रहरी प्रधान केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न उपकरण सहित एक जनालाई पक्राउ गरेका छ ।

सीआईबीले सोमबार काठमाडौ महानगरपालीका वडा नं. ३२ शुभकामना मार्गबाट भारत घर भएका २४ वर्षिय जफर खानलाई पक्राउ गरेको हो ।

सीआईबीले निजको साथबाट अबैध अन्तरराष्ट्रिय कल बाईपास (भिओआईपी) संचालन गर्न प्रयोग हुने उपकरण ३२ पोर्टको ३२ बटा एन्टिना भएको जीओआईपी गेट वे, डी लिङ्क कम्पनीको राउडर, ल्यापटप, एनसेलको सिम १२० थान लगायतका सामन बरामद गरेको छ ।

सीआईबीको अनुसन्धानमा विदेशबाट टिम भिवरको सहयोगमा जीओआईपी गेटवे र्पोटलाई नियन्त्रणमा राखी भिओआईपी संचालन गरेको खुल्न आएको सीआईबीले जानकारी दिएको छ ।

भिओआईपी विरुद्ध हाल सम्म सीआईबीले नेपाली तथा विदेशी गरी १ सय ६० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक हरि शर्माले जानकारी दिएका छन ।

उनका अनुसार भिओआईपी विरुद्ध कारबाहीमा हाल सम्म विभिन्न दुरसंचार कम्पनीहरुका २२ हजार ८ सय ३५ थान सिकमार्ड र भिओआईपीमा प्रयोग हुने उपकरण समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्