Logo

तोपे खोलामा खस्यो ठुलो पहिरो,नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

तोपे खोलामा खस्यो ठुलो पहिरो,नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध



काठमाडौं । अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा आज ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।

यसअघि आज बिहान तोपेखोला, जलविरे र मुग्लिन डाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो । अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमका अनुसार चितवन र धादिङको सिमानामा पर्ने मौवाखोला नजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL