Logo

कनकमणी दिक्षीतको अर्गानिक हिमालय होटल विद्युत चोरीमा संलग्न, सुरक्षागार्ड र विद्युत उपकरण नियन्त्रणमा

कनकमणी दिक्षीतको अर्गानिक हिमालय होटल विद्युत चोरीमा संलग्न, सुरक्षागार्ड र विद्युत उपकरण नियन्त्रणमा



काठमाडौं । काभ्रेको अर्गानिक हिमालय होटलले विद्युत चोरी गरेको फेला परेको छ । कनकमणी दिक्षीतद्धारा सञ्चालित काभ्रेको नमोबुद्ध नगरपालिका १ मथुरापाटीस्थित सो होटलले विजुली चोरेको फेला परेको हो ।

सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार होटलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो ।
‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै विजुली प्रयोग गरेको दखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’,उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ, विजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौं।’ उनले सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महशुल निर्धारण हुने जानकारी दिए । यसअघि काभ्रेमै विद्युत चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महशुल तिरेर रिहा भएका थिए ।

गृह मन्त्री रामबगहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, लगायतको केही अघिको बैठकले विद्युत चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

सोहि आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्