Logo

नारायणगढ मुग्लिन सडक दुइतर्फी अवरुद्ध, बर्षाका कारण पहिरो पन्छाउन सास्ती

नारायणगढ मुग्लिन सडक दुइतर्फी अवरुद्ध, बर्षाका कारण पहिरो पन्छाउन सास्ती



काठमाडौं । नारायणगढ मुग्लिन  सडकखण्ड दुईतर्फी बाटो बन्द भएको छ । उक्त सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ १० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL