Logo

प्रधानमन्त्री ओलीले भने, ‘यस कारण बनाइयो मोटर बाटो नै नभएको ठाउँमा पुल’

प्रधानमन्त्री ओलीले भने, ‘यस कारण बनाइयो मोटर बाटो नै नभएको ठाउँमा पुल’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै बाटो नै नभएको स्थानमा पुल बनाउनुको कारण बताएका छन् । उनले सरकारमाथी संसदले उठाएका प्रश्नको जवाफ दिँदै बाटो नै नभएको स्थानमा पुल बनाउनुको कारण खुलाएका हुन् ।

‘संसदमा केही सासंदहरुले मोटरबाटो नै नभएको ठाउँमा मोटल पुल किन बनाइयो भनेर प्रश्न गर्नुभएको छ,’ उनले भने, ‘मोटर बाटो बन्दै गरेको ठाउँमा पहिल पुल बन्नु कुन ठूलो कुरा हो ।’ तर, खोला नै नभएको ठाउँमा पुल बनाइएको त पक्कै पनि होइन होला नि ?

साथै बाटोभन्दा पहिला पुल बन्दा जनताले हिड्न पाउने समेत उनले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्