काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सकारात्मक र आर्थिक सम्झौताले भरिपुर्ण भएको जानकारी दिएका छन ।
उनले मंगलबार आफ्नो चीन भ्रमणबारे ब्यबस्थापिका संसदमा जानकारी दिँदै नेपालको आर्थिक समृद्धिका लागि विभिन्न निजी तथा सरकारी स्तरबाट गरि विभिन्न २२ ओटा सम्झौता तथा सहकार्यका लागि हस्ताक्षर गरेको जानकारी दिएका हुन् ।
यसका साथै उनले चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिले नेपालको चाँडै भ्रमण गर्ने पनि बताएका छन ।
चीनले नेपालको पुर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने बचनबद्धता जाहेर गरेको बताउँदै उनले आफ्नो चीन भ्रमणले नेपालमा विभिन्न रेलमार्ग, जलमार्ग, हवाईमार्ग, स्थलमार्ग, जलविद्युत लगायतका क्षेत्रमा आर्थिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुगेको जानकारी दिएका छन ।