Logo

जुम्लामा बस दुर्घटनाबाट १७ जनाको मृत्यु, ७ घाइते

जुम्लामा बस दुर्घटनाबाट १७ जनाको मृत्यु, ७ घाइते


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ चैत,काठमाडौं । जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातिर जाँदै गरेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको सो दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।

ना४ ख ४९७० नम्बरको बस कालिकोटको रारालिही गाविस–१ गाडगुडेनीमा २ सय मिटर तल तीला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । प्रहरी निरीक्षक ईन्द्रबहादुर साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । बस चालक सागर बुढा र सह–चालक हर्क बुढाको मात्र सनाखत हुन सकेको बताइएको छ । अन्य यात्रुहरुको भने हालसम्म सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बसमा २९ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थल जुम्ला सदरमुकामदेखि २४ किलोमिटर टाढा रहेको छ ।,

प्रतिक्रिया दिनुहोस्
MBL