Logo

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान, १० गते स्वदेश फर्कने

प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान, १० गते स्वदेश फर्कने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान चीन उडेका छन । उनि चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ दिनको औपचारीक भ्रमणमा चीन प्रस्थान गरेका हुन ।

प्रधानमन्त्री ओलीसंगै चीनको भ्रमणमा विभिन्न संघ संस्थाका प्रमुख लगायत अन्य मन्त्रीहरु गरी १ सय १९ जना सहभागि हुनेछन । उनको साथमा धर्मपत्नी राधीका शाक्य, जलस्रोत सिचाइँ तथा उर्जा मन्त्री बर्षमान पुन, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल उद्योग वाणीज्य महासंघका अध्यक्ष भवानि राणालगायत उक्त टोलिमा छन ।

मंगलबार बिहान प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाबाट बेइजिङ प्रस्थान गरेका हुन । प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा उर्जा, पुर्वाधार निर्माण, लगानी तथा पर्यटनको विषयमा सम्झौता गर्नेछन ।

प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी ६ जना र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी रहेका छन । साथै विभिन्न सञ्चार माध्यमका वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी छन् । प्रधानमन्त्री ओली आगामी असार १० गते स्वदेश फर्कने छन ।

प्रतिक्रिया दिनुहोस्