Logo

राष्ट्रिय सभा सदस्य पदको टुङगो, गृहमन्त्रीको कार्यकाल ६ बर्ष हुँदा अर्थमन्त्रीको २ बर्ष मात्र

राष्ट्रिय सभा सदस्य पदको टुङगो, गृहमन्त्रीको कार्यकाल ६ बर्ष हुँदा अर्थमन्त्रीको २ बर्ष मात्र



काठमाडौं । सोमबार राष्ट्रिय सभा सदस्यहरुको कार्यकालको टुङगो लागेको छ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलको कार्यकाल ६ बर्ष हुने भएको छ ।

राष्ट्रिय सभा सदस्यहरुको गोलाप्रथाद्धारा कार्यकालको टुङगो लगाउने निर्णयबमोजिम उनलाइ ६ बर्ष कार्यकालको चिट्ठा हात परेको हो ।साथै अर्का सदस्य राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिना र नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवको कार्यकाल ६  बर्ष हुने भएको छ ।
तर अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भने २ बर्षको मात्रै हुने भएको छ । खतिवडासहित सदस्य सरिता प्रसाईँलाई पनि २ बर्षीय कार्यकालको चिट्ठा परेको छ । अर्का राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल भने ४ बर्ष हुने भएको छ ।

यसैगरी अन्य महिला सांसदहरु बिना पोखरेल, पर्मिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ अनिता देवकोटा, चन्दा चपाई र इन्दु कडरियाको कार्यकाल ६ बर्ष भएको छ । भने नैनकला ओझा, उदया शर्मा पौडेल, शान्ती कुमारी अधिकारी, कोमल वली र तारादेवि भट्टको कार्यकाल ४ बर्ष कायम भएको छ । त्यस्तै  सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको कार्यकाल भने २ बर्ष मात्र हुने भएको हो ।

गोलाप्रथाबाट छानिएका १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल २ बर्षको हुनेछ भने अन्य २० जना सदस्यको कार्यकाल ४ बर्षको र २० जनाको कार्यकाल ६ बर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL