Logo

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस के मा कति घट्यो ?

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस के मा कति घट्यो ?



काठमाडौं । नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १० कायम गरिएको छ ।  यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १३ थियो ।

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान २ – २ रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL