Logo

सरकारले एडीबीका बैंकल्पिक निर्देशक सुवेदीलाई फिर्ता बोलायो, रिप्लेसमेन्टमा पुडासैनी

सरकारले एडीबीका बैंकल्पिक निर्देशक सुवेदीलाई फिर्ता बोलायो, रिप्लेसमेन्टमा पुडासैनी



काठमाडौं । सरकारले नेपालको तर्फबाट एसियाली विकास बैकको बैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद् बिहीबार बसेको बैंठकले पूर्व मुख्य सचिव सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेका हो । साथै उनको स्थानमा अर्थ मन्त्रालयका सहसचिब रामशरण पुडासैनीलाई पठाउने निर्णय गेरेको छ । सुवेदी आफ्नो मुख्य सचिवको कार्याकाल रहँदै एडीबीको बैंकल्पिक निर्देशकमा गएका थिए ।

यसैगरी बैठकले नेपाल सरकार ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय र चाईना कम्युनिकेशन्स कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेण्डम अफ अण्डरस्ट्याण्डीङ एण्ड को–अपरेशनलाई स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंठकले नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्