Logo

क्याटरिङ महासंघको अध्यक्षमा लिला जिसी, चुनियो २४ सदस्यीय कार्यसमिति

क्याटरिङ महासंघको अध्यक्षमा लिला जिसी, चुनियो २४ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको अध्यक्षमा लीला जिसी चयन भएको छ । जिसीलाई महासंघको दोस्रो महाधिवेशनले अध्यक्षतामा चयन गरेको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षका देवेन्द्ररत्न शाक्य चयन भएका छन । त्यसतै महासंघको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, कृष्णप्रसाद पाण्डे, लक्ष्मण पोखरेल, केपी शर्मा, गोकुल देसार, नानीबाबु थापा र हरिप्रसाद न्यौपानेलाई चयन गरेको छ ।

महासचिवमा उत्तमप्रकाश शर्मा तथा कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति चयन भएका छन । त्यसतै सचिवमा बलराम पौडेल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतम निर्विरोध चयन भएका छन ।

सदस्यहरुमा भने बच्चुराम ढुङगाना, राजु महर्जन, बाबुराम महर्जन, सुशील थापा, प्रेमकुमार बर्मा, सचिन्द्र श्रेष्ठ, शान्ताराम साङगाक्षे, किरणप्रसाद हलुवाई, रवीन्द्रकुमार श्रेष्ठ, गीताप्रसाद सुवेदी र सिर्जना जिसी चयन भएको महासंघका उपाध्यक्ष तथा प्रचार संयोजक कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL