Logo

सुन तस्करीका आरोपी चेतन भण्डारीको बाजेको सेकुवामा प्रहरीको छापा, ६ शाखामा सिलबन्दी

सुन तस्करीका आरोपी चेतन भण्डारीको बाजेको सेकुवामा प्रहरीको छापा, ६ शाखामा सिलबन्दी



काठमाडौं । प्रहरीले सुन तस्करीका आरोपी चेतनाथ भण्डारीद्वारा संचालित बाजेको सेकुवामा छापा मारेको छ । कुल ३ हजार ८ सय किलोग्राम सुन तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले उक्त घटनाको आरोपी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो ।

टोलीले बुधबार बाजेको सेकुवाको समितिले  बत्तिसपुतली, अनामनगर, स्रोहखुट्टे, सामाखुसी,  कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरेको हो ।  भण्डारी सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ । तर, भण्डारी भने उक्त काण्ड बाहिर आएसँगै फरार छन्  ।

मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको उक्त समितिले जानकारी दिएको छ । केही समय अघिको अन्सन्धानमा तस्करीका मुख्य नाईके चुणामणि उप्रेती अर्थात गोरेमार्फत भन्डारीले लगानी गरेको तथ्य बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL