बिजखबर संवाददाता
१ चैत,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती समयलाई हेरफेर गरेको छ । एसएलसि परीक्षालाई लक्षित गर्दै लोडसेडिङको तालिका हेरफेर गरेको हो ।
त्यस्तै परीक्षा अवधिभर अन्य समय भन्दा सातामा ९ घन्टा बढी बत्ति आउने प्राधिरकणद्धारा जारी सूचनामा उल्लेख छ । नयाँ तालिका भोलीबाट लागु हुने बताइएको छ ।
हाल हप्तामा ७७ घण्टा लोडसेडिङ हुनेमा सो अवधिभर हप्तामा ६८ घन्टा मात्र हुने बताइएको छ ।