Logo

रजत जयन्ती मनाउदै लगानी कोष, सडकछेउका बोटविरुवा गोडमेल

रजत जयन्ती मनाउदै लगानी कोष, सडकछेउका बोटविरुवा गोडमेल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० फागुन,काठमाडौं । नागरिक लगानी कोषले शनिवार प्रभात फेरी एवं सडक पेटीमा लगाइएको बोट विरुवामा सिंचाई र गोडमेल गरेको छ । कोषको रजत जयन्तीको अवसरमा कार्यलय नयाँ बानेश्वरबाट शुरु भएको प्रभातफेरी कार्यक्रममा स्वच्छ र हराभरा काठमाडौ बनाउने अभियानलाई निरन्तरता दिदै बोटविरुवमा गोडमेल र पानी हाल्ने कार्य गरेको हो ।

जसअन्तर्गत माइतीघर मण्डलादेखी नयाँ बानेश्वरसम्मका सडक पेटीका बोटविरुवामा गोडमेल र सिंचाई गरिएको छ । सो अवसरमा कोषका अध्यक्ष शंकर प्रसाद अधिकारीले कोषले गर्दे आएको कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

उनले कोषका सबै कर्मचारीको सहयोग र सद्भावको कारण संस्था अहिलेको अवस्थामा आईपुगेको बताए । साथै भोलिको दिन अझ यस्लाई प्रभावकारी बनाउदै लानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोष संचालक सदस्यहरु तथा कर्मचारी गरी करीव १ सय ५० सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL