Logo

विनियोजन विधेयक माथी छलफल सुरु, मन्त्रालयगत खर्च कटौती गर्न सासंदको माग

विनियोजन विधेयक माथी छलफल सुरु, मन्त्रालयगत खर्च कटौती गर्न सासंदको माग



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयकमाथी छलफल सुरु भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०७५ अन्तरगत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तरगतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।

उक्त मन्त्रालय अन्तरगत विभिन्न राजनीतिक दलका ६ जना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाएका छन ।

उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न माग गरेका छन । विशेष समय लिएर बोल्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्