Logo

सवारी लाइसेन्सको आवेदन लिन बन्द, यातायात विभागले जारी गर्यो यस्तो सुचना

सवारी लाइसेन्सको आवेदन लिन बन्द, यातायात विभागले जारी गर्यो यस्तो सुचना



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन फारम बन्द गरेको छ । विगभाले सुचना प्रकाशित गर्दै आफु मातहतका कार्यालयहरुलाई हाल लिइँदै आएको सवारीचालक अनुमति पत्रको अनलाईन फारम नलिन निर्देशन दिएको हो ।

चालू आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजस्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द गरिएको विभागद्वारा जारी सुचनामा उल्लेख छ ।

विभागले कोशी, एकान्तकुना, नारायणी, लुक्बिनी, गन्डकी, चावहिल, जगाती, ठूलो भर्याङको यातायात कार्यालयलाई सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन नलिन पत्राचार गरेको हो ।

साथै रि(ट्रायल लिने परीक्षार्थीले पनि असार १५ गते भित्रै सम्पन्न गर्नै निर्देशन दिएको छ । साथै सो महिनामा अनलाइन आवेदन लिने, लिखत तथा प्रयोगात्मक परीक्षा गर्न नसकिने जानकारी दिँदै अनलाइन आवेदन दिएका फम समेत सबै रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्