Logo

चोरी भएको थियो विश्वकपको पहिलो ट्रफी, यस्तो छ ट्रफीको रोचक इतिहास

चोरी भएको थियो विश्वकपको पहिलो ट्रफी, यस्तो छ ट्रफीको रोचक इतिहास



काठमाडौं । यति बेला फुटबल विश्वकपमय बनेको छ विश्व । जेठ ३१ देखि सुरु हुने विश्वकपको प्रभाव फुटबल रुचाइने नेपालमा पनि उत्तिकै छ । विश्वकप आफैमा सुनको ट्रफी हो जुन विजेतालाई प्रदान गरिन्छ ।

सन १९३० मा विश्वकप सुरु भएयता दुई ओटा ट्रफी प्रयोगमा ल्याइएका छन । सन १९३० देखि सुरु भएको जुल्स रिमेट ट्रफी र सन १९७४ बाट सुरु भएको फिफा विश्वकप ट्रफी । वास्तवमा पहिलो ट्रफीलाइ विजयका अर्थात ‘भिक्ट्री’ का नामले चिनीन्थ्यो तर पछि गएर फिफा अध्यक्ष जुल्स रिमेटको आदरमा यसको पुनःनामाकरण गर्दै यसको नाम जुल्स रिमेट ट्रफी राखियो ।

सन १९७४ मा हालको विश्वकप ट्रफी आउनुपुर्व सुनबाट र्नििमत उत्कृष्ट चाँदि र लापीसको जलपयुक्त ट्रफीमा ग्रीककी विजयकी देवि नाइकको मुर्ती आकृत थियो । सन १९७० मा ब्राजीलले उक्त ट्रफी सजीत्यो र त्यतीखेरै सो ट्रफीलाइ स्थानान्तरण गर्ने उत्साह छायो । सन् १९८३ मा वास्तविक ‘जुल्स रिमेट ट्रफी’ चोरी भयोे र कहिल्यै पत्ता लागेन । सो घटना पछि सन १९७४ मा नयाँ ट्रफी ल्याइयो जसको नाम ‘फीफा विश्वकप ट्रफी’ राखियो । जसलाई मालाकाइट तत्वको आधारभाग या पीँधका साथ १८ क्यारेट सुनले बनाइयोे । ३६ दशमलव ८ सेन्टीमीटर उचाइयुक्त उक्त ट्रफी ६ दशमलव एक कीलोको थियो ।

यसलाइ इटालीस्थित स्ट्याविलीमेन्टो आर्टिस्टीको बर्टाेनि कम्पनीले बनाएको थियो, जुन हाल सन २०१४ को फीफा विश्वकप विजेता जर्मनीको हातमा छ ।

‘जुल्स रिमेट ट्रफी’

त्यस ताका जुल्स रिमेट विश्वकप विजेताहरुको लागि मुख्य ट्रफी मानिन्थ्योे । मुख्यतया यसको नाम ‘विजय’ अर्थात भिक्ट्री राखिएको भएपनि सामान्यतया यसलाई विश्वकप अर्थात ‘कुप डु मोन्डे’ का नामले चिनीन्थ्यो । सन १९४६ मा यसको नाम विश्वकपमा ठुलो देन पुर्याए वापत पहिलो विश्वकप अध्यक्ष मृतक जूल्स रिमेटको नाममा यसको नामाकरण गरिएको थियो । उनि सन १९२९ मा पहिलो पटक विश्वकप फुटबलको पहल गर्दै सोको स्थापना गर्न सफल भएका थिए ।

उक्त ट्रफीको डिजाइन अवेल लाफ्लेरले गरेका थिए । जुन सेतो र पहेँलो मार्वलको आधारभागसहित सुन र उत्कृष्ट चाँदीबाट बनाइएको थियो । सन १९५४ मा यसको आधारभागलाई ल्यापीसको जलपको प्रयोग गरि परिवर्तन गरियो । यसको उचाइ ३५ सेन्टीमीटर र तौल ३ दशमलव ८ किलोको थियो । साथै ट्रफीमा ग्रीकमा विजयकी देविको रुपमा मानिने ‘नाइक’ को पखेटासहितको मुर्ति चित्रीत थियोे ।यो ट्रफीलाइ पहिलो फिफा विश्वकप फुटबलका लागि पहिलोपटक सन १९३० जुन २१ का दिन उरुग्वेमा लगिएको थियो । जुन ‘कन्टे भर्डे’ नामक पानीजहाजमा विभिन्न देशका खेलाडी लगायत जुल्स रिमेट पनि सवार भएको जहाजमा लगिएको थियो । सो बर्षको फिफा विश्वकप विजेता उरुग्वे बनेको थियो ।
दोस्रो विश्वयुद्धताका उक्त ट्रफी सन १९३८ को विश्वकप विजेता इटालीमा थियो । इटालिका लागि फिफा उपाध्यक्ष ओट्टोरिनो बरस्सीले हीट्लर र नाजीबाट ट्रफीलाइ बचाउन रोमको बैंकबाट निकालेर आफ्नो ओछ्यानको मुनी जुत्ता बक्समा लुकाएका थिए ।सन १९५८ मा स्वीडेनमा ट्रफी सम्वन्धी एक नयाँ परम्पराको सुरुवात भयो । ब्राजिलका कप्तान हिल्डेराल्डो बेलिनीले फोटोपत्रकारको आग्रहलाइ स्विकार गरि जुल्स रिमेट ट्रफी हावामा उठाएका थिए, जसलाइ हालसम्मका विश्वकप विजेता टोलीका कप्तानहरुले यो प्रकृयालाइ दोहोर्याउदै आएका छन ।
इङगल्यान्डमा हुने भनिएको १९६६ को फीफा विश्वकपको ४ महिना अगाडी सन १९६६ मार्च २० का दिन वेस्टमिनीस्टर केन्द्रीय हलमा ट्रफीको सार्वजनिक प्रदर्शनीका क्रममा ट्रफी चोरी भयो । चोरी भएको ७ दिनपछि उक्त ट्रफी पत्रिकामा बेरिएको अवस्थामा दक्षिण लन्डनको अपर नरवुड भन्ने ठाउँमा रहेको एक बगैँचाको झाडिमा एउटा ‘पीकल्स’ नामक कुकुरको नाममा फालीएको भेटियो ।

त्यसपछि सुरक्षाका हिसाबले फुटबल संघले गोप्य रुपमा ट्रफीको प्रदर्शनीका लागि त्यसको नक्कली ट्रफी बनायो । यसको प्रयोग १९७० मा वास्तविक ट्रफी फिफाले अर्काे प्रतिस्पर्धाको लागि ट्रफी नलिउन्जेल सार्वजनिक प्रदर्शनीको लागि राख्ने गरियो । यसको नक्कलको फुटबल संघले अस्वीकार गरेदेखि सो नक्कली ट्रफी सार्वजनिक रुपमा हराउन पर्याे । जुन यसको निर्माताको ओछ्यानमुनी बर्षौसम्म रह््यो । अन्ततः १९९७ मा उक्त ट्रफीको नक्कली ट्रफी लिलाममा राखिएको घोषणा गरियो । फिफाले सो ट्रफी २ लाख ५४ हजार ५ सय युरोमा खरिद गरेको थियो । यसको उच्च लिलामी दर १० गुणाले बढेर २० हजार देखि ३० हजार युरो थपिने आश गरिएको थियो । तर, अन्तिममा थाहा भयो कि लिलामीमा राखीएको ट्रफी नक्कली नभइ सक्कली थियो ।

फिफाले अनुसन्धान गरेपछि थाहा भयो कि त्यो समय लिलाममा राखिएको ट्रफी नक्कली नै हो । यसलाई राष्ट्रिय फुटबल संग्रहालयको लागि नक्कली ट्रफी बनाउन लागिएको थियो तर यसलाइ प्रिस्टनमा राख्दै हाल मेनचेस्टरमा राखिएको छ ।ब्राजिलको फुटबल समुहले सन १९७० मा तेस्रोपल्ट खेल जित्दा फीफाले उनीहरुलाई ट्रफीलाइ साश्वत राख्न अनुमति दियो । त्यसपछि रियो दी जेनेरियोमा ब्राजिलको फुटबल संगठनको हलमा बुलेटप्रुफ सिसाले घेरेर उक्त ट्रफीलाइ एउटा दराजमा राखियो । सन १९८३ डिसेम्बर १९ का दिन फेरी त्यो ट्रफी राखीएको सिसाको बाकसबाट ट्रफी चोरी भयो जसको लागि ४ जनालाइ अपराधि ठहराइयो तर ट्रफी कहिल्यै पत्ता लागेन । यसलाइ पग्लाएर बेचिएको अनुमान लगाइएको छ तर यसको आधारभाग अर्थात जरोपट्टीको भाग भने भेटाइएको थियो जसलाइ फिफाले वास्तविक आधारका रुपमा जुरीच केन्द्रालयमा राखेको छ ।

‘फिफा विश्वकप ट्रफी’
FIFA WORLDCUP 2018
हालको विश्वकप ट्रफी अर्थात ‘फिफा विश्वकप ट्रफी’ को प्रयोगको बारेमा धेरैलाई कौतुहलता होला । सन १९७४ को विश्वकपका लागि फिफाले नयाँ ट्रफीको आज्ञा दिएपछि ७ वटा देशबाट ५३ वटा ट्रफीका मुर्तीहरु फिफामा प्राप्त भएका थिए ।फिफाले इटालीका कलाकार सिल्भीयो गज्जानिगाले तयार पारेको आकर्षक मुर्तीलाइ विश्वकप ट्रफी बनाउन बाध्य भएको थियो । उनले डिजाइन गरेको ट्रफी अर्थात हाल प्रचलनमा रहेको र तपाइँ हामीले विश्वकप विजेताहरुले उचालेको देख्ने ट्रफी ३६ दशमलव ५ सेन्टीमीटर अग्लो र पाँच किलोको छ । जसमा ७५ प्रतिशत सुन छ, त्यै पनि १८ क्यारेटको । हाल यसको मूल्य लगभग १ लाख ५० हजार डलर अनुमान गरिएको छ । यसको पीँध १३ सेन्टीमीटर ब्यासको छ, जुन २ ओटा मालाकाइट तत्वबाट बनेको छ । 

सर मार्टिन पोलियाकोफले सो विश्वकप ट्रफी खोक्रो भएको दाबि गरेका छन । उनका अनुसार यदि यो पुरै मात्रामा ठोस भएको भए यसका तौल ७० देखि ८० किलोसम्म हुन्थ्यो र उचाल्न पनि गाह्रो हुन्थ्यो । पडेर्नाे डगनानोस्थित बर्टाेनी मीलानो कम्पनीले उत्पादन गरेको उक्त ट्रफी दुई ओटा मान्छेले पृथ्वी माथि समातेको चित्रित छ ।

गज्जानीगाका अनुसार यसमा कोरिएका रेखाहरु ट्रफीको आधारबाट उदाउँदै बटारीदै माथितिर लागेका छन । जो विश्वलाई प्राप्त गर्नका लागि उदाउने संकेत हो । मुर्तीको सघन बडिले अर्थात पुरै भागले दुई वटा एथलेटको उत्कृष्ट विजयलाइ दर्शाउँछ । ट्रफीको आधारभागमा ‘फिफा वल्र्ड कप’ कुँदिएको छ । सन् १९९४ को विश्वकप पश्चात यसको पीँधमा एउटा प्लेट पनि राख्ने गरियो । जसमा विश्वकप विजेता देशहरुको नाम कुद्ने गर्न थालियो । हालसम्म यो प्लेटमा विभिन्न समयका गरि ११ ओटा देशको नाम र उनीहरुले विश्वकप जितेको बर्ष रहेको छ । ट्रफीलाइ ठाडो पारियो भने ति नामहरु देख्न पाइदैन । प्लेटमा लेखिएका नाम प्रत्येक देशको आ आफ्नै मातृभाषामा कुँदिएका छन ।


अवको पालो विश्वकप २०१८ को । हेरौ यसपालीको विश्वकप ट्रफीको पिँधमा कुन देशको नाम कुँदिने छ त्यो त समयको पोल्टामा छ, हामी भने यसको पर्खाइमा हुनेछौ ।
नेपाली अनुवाद अनिल न्यौपाने

प्रतिक्रिया दिनुहोस्
MBL