Logo

सुन तस्करी र अबैध मुद्रा कारोबार नियन्त्रणमा सघाउन चीनलाई गृहमन्त्रीको आग्रह

सुन तस्करी र अबैध मुद्रा कारोबार नियन्त्रणमा सघाउन चीनलाई गृहमन्त्रीको आग्रह



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालमा चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै सो नियन्त्रणका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् । गहृ मन्त्रालयमा नेपालका लागि चीनका राजदूत यु होङसँग भएको भेट वार्तामा उनले सो विषयमा सहयोग गर्न आग्रह गरेका हुन् ।

नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन ।

भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरेका थिए । साथै नेपालमा हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिइन् ।

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने प्रतिवद्धता जनाईन । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्