काठमाडौं । ३३ किलो सुन काण्डमा मुछिएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन ।
३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी खत्रीले मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारी नभएको बताएका हुन ।
खत्रीले आफुलाई लागेको सुन तस्करी आरोप अस्वीकार गरेका छन । खत्रीले बिहीबार विहान मोरङ जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।