Logo

अन्तरराष्ट्रिय व्यापार मेला सुरु, ३ सय स्टल

अन्तरराष्ट्रिय व्यापार मेला सुरु, ३ सय स्टल


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ फागुन,काठमाडौं । काठमाडौंमा अन्तरराष्ट्रिय व्यापार मेला सुरु भएको छ । बिहीवारदेखि सुरु भएको मेलाको वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले उद्दघाटन गरे ।

मेलाको प्रधानमन्त्री शुसिल कोइरालाले उद्दघाटन गर्ने भनिए पनि संविधान प्रक्रियामा व्यस्त भएको भन्दै उपस्थित भएनन् । सो अवसरमा मुख्यसचिव लिलामणी पौडेलले कोइरालाले पठाएको लिखित वक्तव्य पढेर सुनाए ।

सो वक्तव्यमा कोरालाले संविधान बनेपछी नेपालमा व्यापक लगानी आउने भएकोले उद्योगीहरुलाई तयार रहन आग्रह् गरेका छन् । नेपालमा पछिल्लो समय विकास निर्माणका काम तिव्र रुपमा अघि बढेको उनले बताए । ‘अपर कर्णली परियोजना विकास सम्झौता हुनु, भैरहवामा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सुरु तथा पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण टुंगोमा पुग्नु नेपाल विकासको युगमा प्रवेश गरेको संकेत हो’ पत्रमा उल्लेख थियो ।

सो अवसरमा वाणिज्य मन्त्रीले नेपालमा बजारीकरणको ठूलो समस्या रहेको बताए । ‘नेपालमा उत्पादनको समस्या नभएपनि बजारीकरणमा भने ठूलो समस्या छ’ उनले भने ‘यस्ता मेलाले बजारीकरणलाई सहज बनाउछ ।’

वाणिज्य मन्त्रालयको सहयोगमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेला आगामी चैत २ गतेसम्म सञ्चालन हुने बताइएको छ । मेलामा नेपाल ,बंगलादेश,पाकिस्तान,चीन मलेसियालगायत मुलुकका ३ सय भन्दा बढी स्टल रहेका छन् । ती स्टलमा हस्तकला, पश्मिना, सारी, काठका सामग्रीलगायत प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL