Logo

मन्त्री पावरफुल कि सहसचिव ?, मन्त्री महासेठले फालेका महानिर्देशक भट्टराई फेरी यातायातमै फर्किए

मन्त्री पावरफुल कि सहसचिव ?, मन्त्री महासेठले फालेका महानिर्देशक भट्टराई फेरी यातायातमै फर्किए



काठमाडौं । यातायात क्षेत्रको सिण्डिकेट हटाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टरराईलाई पुनः भौतिक मन्त्रायलमै फर्काइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सिण्डिके हटाउन आफ्नो इच्छा विपरित काम गरेको भन्दै भट्टराईलाई महानिर्देशकबाट हटाउँदै मन्त्रायमा तानेका थिए ।

मन्त्रालयबाट सरुवा भएर आएसँगै उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा पुर्याइएको थियो । तर, भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः भौतिक मन्त्रालयमै फर्काइदिएको छ ।

भट्राईको सरुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तगारो बन्दा यातायात मन्त्री महासेठको मिसन सफल हुन सकेन । यातायात क्षेत्रमा देखिएको सिसिण्डकेट खारेज गर्दा मन्त्रीले महासेठले आफ्ना इच्छा अनुरुप व्यवसायीसँग सहकार्य नै नगरी एकलौटी तरिकाले अघि बढेको भन्दै उनलाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए ।

गत हप्ता मात्रै सरकारले सहसचिवहरुको सरुवा गरेको थियो । तर सोमध्ये श्रम मन्त्रायलमा पठाइएका रुपनारायण भट्टराईलाई भने सामान्यले पुन ः भौतिकमै फर्काइदिएको हो । भट्टराई गृह मन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीमो समर्थनमा यातायात क्षेत्रमा मौलाएको सिण्डिकेट फाल्न सफल भएका थिए ।

मन्त्रालयमा फर्किएका सहसचिव भट्राईले आईतबारदेखि मन्त्रालयमा हाजिर गरेका मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । ‘भट्राईले हिजोदेखि मन्त्रायलमा हाजिर गर्नुभएको छ,’ उनले भने, ‘भर्खरै आउनु भएकाले उहाँलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL