Logo

चालु आबमा यसरी फस्टाउँदैछ उत्पादनमुलक क्षेत्र, विद्युत र ग्याँसको मूल्य यथावत राखिने

चालु आबमा यसरी फस्टाउँदैछ उत्पादनमुलक क्षेत्र, विद्युत र ग्याँसको मूल्य यथावत राखिने



काठमाडौं । चालु आर्थिक बर्ष २०७४/७५ मा नेपालमा उत्पादनमुलक क्षेत्र फस्टाउने भएको छ । सरकारले गत आबको तुलनामा चालु आबमा उत्पादनमुलक क्षेत्र ८ प्रतिशतले वृद्धि हुने जानकारी दिएको हो ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा पछिल्लो दश बर्षमा सो वृद्धिदर बार्षिक औसत ३ प्रतिशतले वृद्धि भइरहेकोमा अबका दिनमा बढाएर ८ प्रतिशतसम्म पुर्याउने जानकारी दिएको छ ।

सरकारले हाल नेपालमा बन्द हड्तालजस्ता अवरोधमा कमि आएर उत्पादनमुलक उद्योगहरु फस्टाएको जानकारी दिएको छ । साथै चालु आवमा उत्पादनमुलक क्षेत्रकोे योगदान कुल गार्हस्थ उत्पादनमा शुन्य दशमलव १ प्रतिशतले घट्ने अनुमान पनि गरेको छ ।

गत बर्षको जिडिपीमा यो क्षेत्रको योगदान ५ दशमलव ५ प्रतिशत रहेकोमा चालु आवमा यो हिस्सा घटेर ५ दशमलव ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको हो ।

साथै चालु आवमा विद्युत ग्याँस तथा पानीको मूल्य अभिवृद्धि पनि ५ दशमलव ८ प्रतिशतमा यथावत गरिने भएको छ । गत आवमा यो क्षेत्रको मूल्य अभिवृद्धि २० दशमलव ५ प्रतिशतसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्