Logo

पेट्रोल ठगी विरुद्ध सरकार आक्रामक, २ पेट्रोल पम्पममा सिलबन्दी

पेट्रोल ठगी विरुद्ध सरकार आक्रामक, २ पेट्रोल पम्पममा सिलबन्दी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको निर्देशनमा काठमाडौंका २ पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

उपत्यकाका विभिन्न ५ पेट्रोल पम्पमा गरिएको अनुगमनपछि सोमबार विहान कैफियत गर्ने ती पेट्रोल पम्ममा ‘सिल’ गरेको हो ।

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिक सहितको टोली सोमबार विहान अनुगमनमा निस्केको थियो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिएका हुन ।

उनका अनुसार प्रशान्तिले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति १० लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

२ पम्पमा सिल गरिएको छ भने अन्य ३ पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन दिएको छ ।

मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्