Logo

गरिबी निवारण कोषका कार्यकारी निर्देशकसहित १४ विरुद्ध मुद्दा, पौने ३ करोडको बिगोदावी

गरिबी निवारण कोषका कार्यकारी निर्देशकसहित १४ विरुद्ध मुद्दा, पौने ३ करोडको बिगोदावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजुबाबु शिवासहित १४ जना विरुद्द मुद्दा दायर गरेको छ । कोषको कोषको २ कारोड ७८ लाख ६१ हजार हिनामिना गरेका रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोषका कार्यप्रवन्धक लाल बहादुर शिवालगायतले फिल्डमा कार्यक्रम सम्पन्न गरेको भनी पेश्की फछर्यौटका लागि बुझाएको कागजातमा सहभागी भएका भनिएका व्यक्तिहरुको सहभागिता पुष्टी नभएको देखिएको छ ।

त्यस्तै तालीम तथा अन्य कार्यक्रम संचालन गर्दा समेत प्रशिक्षकको योग्यता तथा छनौट विधि, कार्यक्रम संचालन समय तालिका, प्रशिक्षकले पेश गरेको कार्यपत्रलगायत बारे जानकारी नभएको अख्तियारले बताएको छ । सामान्य बैठक र छलफलमा सहभागीहरुको झुठो उपस्थिती तयार गरी त्यस बापत भएको खर्च भनि विल पेश गरेर भुक्तानी लिने गरेको भेटिएको छ ।

दैनिक भ्रमण भत्ता भुक्तानी दिनुपर्नेमा सो संलग्न नगरिएको, हल नै नभएको स्थानमा कार्यक्रम संचालन गरेको भन्दै झुठा विल भरपाई पेश गरी भुक्तानी लिएदिएको देखिएको छ ।

ciaa-photo

कार्यप्रबन्धकहरुको कोषसँग भएको करार संझौताको शर्त तथा कोषको अपरेशनल म्यानुअल २००६ कार्यप्रवन्धकहरुले समेत फिल्डमा गएर कार्यक्रम नै सञ्चालन नगरि गरेको भनेर झठा कागजात देखाएको पुष्टि भएको छ । त्यसैगरी कार्यप्रबन्धकहरुले पेश्की फछर्यौटका लागि पेश गरेका विल भरपाई झुठा भएको अख्तियारले जानकारी दिएको छ ।

कोषका कार्यप्रबन्धकहरुले पेश्की फछर्यौटका लागि पेश गरेका विल भरपाईहरु प्रचलित कानुन र स्वीकृत मापदण्ड अनुसार सत्य भए नभएको हेरी गोश्वारा भौचर तयार तथा रुजु गर्नुपर्नेमा लेखा सहायक सतिशकुमार चौधरी समेतको मिलेमतोमा, बदनियतपुर्वक कागजातहरु तयार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL