Logo

महानगरले तोड्यो साईट वर्कर्शसँगको सम्झौता, धरहरा आसपासका सटर २४ घण्टाभित्र खालीगर्न निर्देशन

महानगरले तोड्यो साईट वर्कर्शसँगको सम्झौता, धरहरा आसपासका सटर २४ घण्टाभित्र खालीगर्न निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धरहरा आसपासका सटर खालीगर्न निर्देशन दिएको छ । महानगरको नगर कार्यापालिकाको शुक्रबारको निर्णय अनुसार साईट वकर्श ट्रेडर्ससँगको सम्झौता खारेज गर्दै सटरहरु खाली गर्न निर्देशन दिएको हो ।

२०७२ सालमा भएको महाभुकम्पसँगै उक्त सम्झौता स्वत समाम्त भएको महानगरले जानकारी दिएको छ । सोही अनुरुप कार्यपालिकको शुक्रबारको नियर्णयले धरहरा परिसरमा भाडामा लगाइएको सटर तथा रेष्टुराँका भौतिक संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।

यदि पत्रको वेवास्ता गर्दै उक्त संरचनाहरु खारेज नगरेमा कार्यलयबाट सामान हटाईने र सो हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने समेत महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्