Logo

सरकारले गर्यो १६ सहसचिव को सरुवा र १२ को पदस्थापन, को कहाँ पुगे

सरकारले गर्यो १६ सहसचिव को सरुवा र १२ को पदस्थापन, को कहाँ पुगे



काठमाडौं । सरकारले विभिन्न मन्त्रालय अन्तरगतका २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ ।

सरकारको निर्णय अनुसार बढुवा भएका १२ नयाँ सहसचिवहरुले पदस्थापन गर्नुका साथै १६ सहसचिहरु सरुवा भएका हुन ।

सरकारले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १२ जनालाइ देशका विभिन्न मुख्य शहरहरुमा पदस्थापन गराएको छ । त्यस्तै सोहि मन्त्रालय अन्तरगतका ५ जनालाइ विभिन्न मन्त्रालयमा सरुवा पनि गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाललाइ प्राकृतिक श्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ भने सोहि मन्त्रालयका सहसचिव जानकी बल्लभ अधिकारीलाइ लोक सेवा आयोग अन्तरगत तानिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव धिरेन्द्र झा लाइ कर्णाली प्रदेशको मन्त्रालयमा सारिएको छ । साथै अन्य विभिन्न मन्त्रालयका १० जनालाइ पनि विभिन्न मन्त्रालय तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्