Logo

गर्भनर भन्छन्, लापरवाहीले वित्तीय अवराध बढ्यो, अपराध रोक्न तालीम आवश्यक

गर्भनर भन्छन्, लापरवाहीले वित्तीय अवराध बढ्यो, अपराध रोक्न तालीम आवश्यक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले लापरवाहीका कारण वित्तीय अवराध बढ्दै गएको बताए । ‘पछिल्लो समय अन्जानमा भन्दा पनि जानीजानी अपराधा गर्ने क्रम बढेको छ,’ उनले भने, ‘यसलाई रोक्न संस्थाका संचालक, व्यवस्थापन र नियमक निकाय अग्रसर हुनु पर्छ ।’

पछिल्लो समय वित्तीय अपराध रोक्नका लागि प्रहरी तथा न्यायिक प्रशासनले पनि खासै चासो नदिएको उनको आरोप छ । यी दुवै पक्षबीच तालमेल नहुँदा वित्तीय अपराधलाई न्यूनिकरण गर्न कठिनाइ भएको उनले जानकारी दिए ।
देशमा वित्तीय अपराध क्रमिक रुपमा बढ्दै गएको बताउँदै आगामी दिनमा यसलाई रोक्न आन्तरित नियन्त्रण प्रणाली र लेखा प्रणालीलाई अझ बढी सुदृढ गर्नुपर्ने जानकारी दिए ।

यस्तै एनवीआईका अध्यक्ष सशिन जोशीले नेपालमा मात्र नभई विश्वमै विभिन्न किसिमका आर्थिक अपराधहरु बढ्दै गएको जानकारी दिए । विश्वमै बढी जसो अपराधहरु वित्तीय क्षेत्रबाटै हुने गरेको बताउँदै यसलाई न्यूनिकरण बैंकिङ क्षेत्रको मात्र नभइ अन्य क्षेत्रको जनशक्तिलाई पनि तालिम दिनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले देशमा वित्तीय अपराधको अनुसन्धान गर्नु नै चुनौतिपूर्ण कार्य रहेको बताए । साथै देशमा यस्ता खालका अपराध रोक्नका लागि आगामी दिनमा आफुहरुले बैंकिङ सर्टिफिकेशन कोर्श तथा सञ्चालहरुको बैंकिङ क्षेत्र सम्बन्धी तालीम कार्यक्रम शुरु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा स्थानीय विज्ञका साथै अन्तरराष्ट्रिय विज्ञहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा संगीत शुक्ला, थेरेसा करुणाकरण, सन्दिप मेहरा तथा श्री शिरिष पाठक जस्ता अन्तर्राष्ट्रिय विज्ञहरुको रुपमा रहेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका कायम मुकायम कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, केन्द्रिय अनुसन्धान ब्यूरोका डि.आई.जी. श्री हेमन्त मल्ल, बैंकिङ विज्ञ परशुराम कुम्वर क्षेत्री लगायतका विज्ञहरुको सहमागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL